More than a Market

खाना, समुदाय, परिवार

 

२०० वर्ष भन्दा बढीको देखिनै स्थानीय बजारहरू शहरी छिमेकहरूको भेला हुने ठाउँ भएको छ। आप्रवासी र शरणार्थीहरूलाई स्थानीय बजारहरूले सामाजिकीकरण गर्न, स्थानीय र राष्ट्रिय समाचारहरू हेर्न , देशको गफ गर्न, मातृभाषामा बोल्न, र परिचित खानाहरू खरिद गर्ने ठाउँ प्रदान गर्दछ।

मोटरगाडी र रेफ्रिजरेसन व्यापक रूपमा उपलब्ध हुनु अघि मानिसहरूले घरको ब्लकहरूमा रहेको कसाई पसल, बेकरी, र विभिन्न प्रकारका खाद्य बजारमा रोकेर किनमेल गर्थे। प्रविधि र यातायातले मानिसहरूले किनमेल गर्ने र सामाजिकीकरण गर्ने तरिका परिवर्तन गरेको छ, तर धेरै आप्रवासी समुदायहरूका लागि बजारहरू आवश्यक छन्।

आप्रवासीहरू र शरणार्थीहरूद्वारा स्थापित बजारहरूको कथाहरूले कडा परिश्रम, संसाधन, लचिलोपन, र परिवार र समुदायप्रति प्रतिबद्धताको कालातीत मूल्यहरूलाई मूर्त रूप दिन्छ।

बजार साझेदारहरू

 

निम्न नौ ऐतिहासिक बजारहरू र छ समकालीन बजारहरूको कथाहरू एक पसल भन्दा माथि उठि मालिक र ग्राहकहरूको आवाज प्रस्तुत गर्दछ। यी व्यवसायहरूले सांस्कृतिक रूपमा विविध ग्राहकहरूको सेवा गर्छन्।

ऐतिहासिक बजार

चिच्क’स मारकेट , 60 हिक्कोक स्ट, विनूस्की; फ्रान्सेली क्यानेडियन, एडमन्ड “चिक” डुपोन्ट (1944-1982), रिचर्ड र क्यारोल कोर्बिएर (1982-2000), र सोनी र पाम भेजिना (2000 देखि हालसम्म) द्वारा संचालित डेनिसको

डेनिस को नगद बजार, ३७ कोङ्गर एभ।, बर्लिंगटन; फ्रान्सेली क्यानेडियन, आर्थर र डोनाट डेनिस (१९२६-१९६९)

एपस्टेन र मेलनिक द्वारा संचालित, २७ मेन सेन्ट, विनोस्की; रूसी/यहूदी, मेयर एपस्टेन र परिवार (1910-1973) र शमूएल मेलनिक (1910-1940) द्वारा संचालित

जर्ज मार्केट, 38 पर्ल सेन्ट, बर्लिंगटन; लेबनानी, जर्जी र इसाबेल जर्ज द्वारा संचालित (1935-1962)

उज़जोको बजार, ७७ पार्ल स्ट, बर्लिङ्गटन; इटालियन, लुइस र कन्सेटा इज्जो र परिवार द्वारा संचालित (1922-1974)

J & M Groceries, ६८ अर्चिबल्ड स्ट, बर्लिङ्गटन; अफ्रिकी अमेरिकी, जोन र मिल्ड्रेड म्याकलौरिन द्वारा स्थापित र जुडी म्याक्लौरिनको स्वामित्वमा रहेको (१९७५ देखि हालसम्म)

किएस्लीचको बजार, २०३ नोर्थ आवेनु, बर्लिङ्गटन; जर्मन, जोन वी. किस्लिच र परिवार द्वारा संचालित (१९११ -१९८७)
रोमको किराना सामान, 68 आर्किबाल्ड सेन्ट, बर्लिंगटन; रुसी/यहूदी, बार्नेट र लेना रोम र परिवार द्वारा संचालित (१९२४-१९७५)

रोय्स मार्केट, १२६ वीभर सेन्ट, विनोस्की; फ्रान्सेली क्यानेडियन, एडवर्ड रोय र परिवार द्वारा संचालित (१९२३ -१९६७)

समकालीन बजार

सामुदायिक हलाल स्टोर, १२८ नोर्थ स्ट, बर्लिङ्गटन;द्वारा संचालित एनउर हसन र परिवार

यूरो मार्केट, बोस्नियाई, १२९५ हलिस्सटन रोड, षोउथ बुर्लिंगटन; बोस्नियाली, ददो वुजनोविक

M. Square Vermont द्वारा संचालित, ४७६ मैन स्ट, विनूस्की; कङ्गोली, मुयिसा मुतुमे

नादा इन्टरनेसनल मार्केट द्वारा संचालित, ३२५ मेन स्ट; इराकी, अहमद अरेफ आरजीएस नेपाली मार्केट द्वारा संचालित

RGS नेपाली मार्केट, १५६३ नर्थ एभ, बर्लिङ्टन; भुटानी नेपाली, गोमा र रत्न खड्का थाई फाट द्वारा संचालित

थाई फ्हत , १०० नोर्थ स्ट्रीट, बर्लिङटन; भियतनामी, जोन र होंग ट्रान र छोरा एन्थोनी द्वारा संचालित

 

द मारकेट ओफ बर्लिंगटन र विनोस्की

 

१८०० को अन्त र १९०० को शुरुवात तिर बर्लिंगटन र विनोस्की, भर्मन्टमा स-साना बजारहरू जताततै थिए। बर्लिङ्टनको ओल्ड नर्थ एन्ड र लेकसाइड साथै विनोस्कीको मिल नजिकै फ्रान्सेली क्यानाडाली, इटालियन, आयरिश, लेबनानी, यहूदी र जर्मन बजारहरू थिए।

सन् १९८० को दशकदेखि भियतनामी, बोस्नियाली, नेपाली मूलका भुटानी , इराकी, कङ्गोली, घानायन, सोमाली र अन्य आप्रवासीहरूले केही उही ठाउँहरु र वरपरका सहरहरूमा यो उद्यमशीलताको परम्परालाई जारी राखेका छन्। तिनीहरूले स्टेपल, मरमसला, समुद्री खाना, हलाल उत्पादनहरू, उष्ण प्रदेशिय फलफूल र तरकारीहरू, साथै यस क्षेत्रका धेरै संस्कृतिहरूको लागि महत्त्वपूर्ण अन्नहरू सेवा दिन्छन् । विश्वव्यापी खाना पकाउने आनन्द लिने मानिसहरूको बढ्दो संख्याको लागि पनि चुम्बकले झैँ तनियाको छ।